Logo
|
Saturday 20th April 2024
Logo

epaper

मुटु स्वस्थ राख्न यी १० कुराहरुमा ध्यान दिनुहोस्



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ संसारभर जनचेतनामुलक कार्यक्रम आयोजना गरेर मनाइदै छ ।
 
मानिसको दैनिकीमा बढेको व्यस्ततासंगै मुटुरोगीहरूको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । कामको व्यस्तता, तनाव, अस्वस्थकर खानपान जस्ता विविध कारणले मुटु रोगी बढिरहेको चिकित्सकहरू बताउँछन् ।
 
विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।
 
नेपालमा मुटुरोगको अवस्था
नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ । नेपालमा ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा बिलासी जीवन बिताउने भएकोले शहरी क्षेत्रमा बसोबास गर्नेमा मुटुको रोग बढी देखिएको प्रतिष्ठानले जनाएको छ ।
 
नेपालमा १० बर्षयता मुटु रोगीहरुको संख्या ५ गुणाले वृद्धि भएको प्रतिष्ठानको अनुमान छ । हाल नेपालमा १८ बर्ष उमेरभन्दा माथिका करिब २५.७५ प्रतिशतलाई उच्च रक्तचाप , ३.६५ प्रतिशतलाई मधुमेह , ३५ प्रतिशतलाई कोरोनरी आर्टरी रोग र १५ बर्ष मुनिका ०.२५ प्रतिशतमा बाथरोग र त्यति नै अनुपातमा जन्मजात मुटुको रोग पाइएको छ ।
 
प्रतिष्ठानका अनुसार २२.७५ प्रतिशतलाई उच्च कोलेस्टेरोलको समस्या छ। भने ८९.२५ प्रतिशत नेपालीले अहिलेसम्म मधुमेहको जाँच समेत गराएका छैनन् ।
 
मुटु स्वस्थ राख्न यी १० कुराहरुमा ध्यान दिनुहोस्
 
-चुरोट, सुर्ती गुट्खा र खैनी नखाने ।
-दैनिक ३० मिनेट छिटो छिटो हिंड्ने, व्यायाम गर्ने, योगा गर्ने ।
-हरियो तरकारी र फलफुल प्रशस्त खाने, नुन, चिनी र चिल्लो कम खाने ।
-बालबालिकाको घाँटी दुख्दा, टन्सिल हुँदा तुरुन्तै औषधि गर्ने ।
-मोटो शरीर भए तौल घटाउने ।
-पीर चिन्ता नलिने, कसैसंग नरिसाउने ।
-उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह आदि रोगलाई पालेर नराख्ने । तुरुन्त उपचार गर्ने ।
-दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
-अरुलाई सहयोग गर्ने, सामाजिक कार्यमा लाग्ने, दान दिने ।
-केहि समस्या नभएपनि स्वास्थ्य परीक्षण गराउने (कम्तिमा वर्षको १ पटक)

 

प्रतिक्रिया दिनुहोस्