Logo
|
Friday 26th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा १५१३ जना नयाँ कोरोना संक्रमित थपिए, थप १० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १० हजार ८९१ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ७३१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयको प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७२.६ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । ति मध्ये ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ७०७ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर २१३ जना आइसियु र ३४ जना भेन्टिलेटरमा उपचाररत छन ।

 

 

प्रतिक्रिया दिनुहोस्