Logo
|
Wednesday 24th April 2024
Logo

epaper

 गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आज ६ जिल्लामा गरी थप ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसरी संक्रमित हुनेहरुमा तनहुँका ९ जना, लमजुङका ५ जना, नवलपरासी पूर्वका २६ जना, गोरखा स्याङ्जा र बाग्लुङका १ \१ जना रहेका छन्। संक्रमणमा पर्नेहरुका डाक्टरदेखि बिरामीसम्म रहेका छन्।

हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ भने  ३४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्