Logo
|
Friday 26th April 2024
Logo

epaper

कर्मचारीलाई कोरोना पुष्टि भएपछि बन्द भएको जिपी कोइराला श्वासप्रश्वास केन्द्रको सेवा पुनः सुचारु



जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रले आफ्नो सेवा पुनः सुचारु गरेको छ ।प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि केन्द्रले सेवा बन्द गरेको थियो ।

कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसिआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आइतबारदेखि सम्पूर्ण सेवा सुचारु गरेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार कन्ट्रयाक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङबाट गरिएको स्वाब परीक्षणमा केन्द्रका चिकित्सिक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्