Logo
|
Friday 19th April 2024
Logo

epaper

‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले पाए नोबेल पुरस्कार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्।
पुरस्कार पाउनेमा ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस रहेका छन ।

नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। हेपटाइटिस सी भाइरसले कलेजो क्यान्सर गराउँछ । यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण हो।

संसारभर यो भाइरसबाट सात करोड मानिस सङ्क्रमित भएका छन्। नोबेल समितिले उक्त अनुसन्धानका कारण भाइरसलाई पहिचान गर्न अनि अलग्ग्याउन सकिएकाले ती वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाएको उल्लेख गरेको छ।

त्यसरी भाइरसलाई अलग्ग्याउन सकिएपछि विश्वभरि सङ्कलित रगतको परीक्षण गरेर हेपाटाइटीस सी को सम्भावित सङ्क्रमण रोक्न सम्भव भएको उसको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्