Logo
|
Friday 19th April 2024
Logo

epaper

डव्लुएचओका महानिर्देशक डा. टेड्रोस सेल्फ क्वारेन्टिनमा



जनस्वास्थ्य सरोकार काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस् सेल्फ क्वारेन्टिनमा बसेका छन् । आफूसंग सम्पर्कमा रहेका एक जना व्यक्तिमा कोरोना सक्रमण देखिएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

महानिर्देशक घेब्रेयससले सोमबार विहान ट्वीट गर्दै आफू कन्ट्याक्ट ट्रेसिङमा परेको र डव्लुएचओको प्रोटोकल अनुसार सेल्फ क्वारेन्टिनमा बसेको बताए ।

ट्वीटमा उनले भनेका छन्- ‘म ठिक छु, कुनै लक्षण छैन् तर डव्लुएचओको प्रोटोकल अनुसार क्वारेन्टिनमा बसेको हुँ । र अहिले घरबाटै काम गरिहनेछु,’

 

प्रतिक्रिया दिनुहोस्