Logo
|
Saturday 27th April 2024
Logo

epaper

भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९का ४८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१७ जयसपुरका ७० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ७० वर्षीया महिलालाइ असोज १३ गते कोरोना पोजिटिभ देखिएको थियो । भेरी अस्पतालमा असोज १२ गतेदेखि उपचारका लागि भर्ना भएकी उनको सोमबार बिहान मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्