Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौं महानगरपालिकालद्धारा कान्तिबाल अस्पताललाई पिसिआर मेसिन हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अबदेखि कान्तिबाल अस्पतालमा पनि पिसिआर परीक्षण हुने भएको छ । काठमाडौं महानगरपालिकाले अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराएपछि यो सम्भव भएको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोमबार अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई उक्त मेसिन हस्तान्तरण गर्नुभयो ।

यसअघि अस्पतालले पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदै आएको थियो । कतिपय अवस्थामा रिपोर्ट आउन ढिलाई हुँदा उपचार गर्न समस्या हुने गरेको थियो । पिसिआर मेसिन उपलब्ध भएसँगै कोरोनाको उपचार गर्न सहज हुने अस्पतालका निर्देशक डा. पौडेलको भनाई छ ।

उहाँका अनुसार उक्त मेसिन सञ्चालनमा आउन करिब १० दिन लाग्ने जति लाग्ने छ ।  ‘ छिटै प्राविधिक काम सकाएर परीक्षण सुरु गर्ने छौँ ।’-उहाँले भन्नुभयो  ।

प्रतिक्रिया दिनुहोस्