Logo
|
Thursday 26th November 2020
NEWS PAPER

मंगलबार काठमाडौँ उपत्यकामा थप १४६८ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२४२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १६३ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।  देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्