Logo
|
Sunday 22nd December 2024
Logo

epaper

पोखराबाट चितवन सारिएको कैदीमा कोरोना संक्रमण देखिएपछि उच्च सर्तकता आपनाइँदै



 

जनस्वास्थ्य सरकोकार, काठमाडौँ । चितवनको भरतपुरस्थित कारागारका एक जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा कारागार कार्यलय पोखराबाट गत असोज २६ गते चितवन स्थान्तरण गरिएको एकजना कैदीमा संक्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाइएको छ ।

कर्तव्य ज्यान मुद्धामा कैदी जीवन विताउँदै आएका गोरखा खोप्लाङ्कका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यलय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनलाई कात्तिक १४ गते कोरोना पुष्टि भएको थियो । यतिबेला उनको भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको कार्यलय प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

‘पोखराबाट ल्याउँनुभन्दा पहिला उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।’ काफल्लेले भन्नुभयो -‘उपचारको क्रममा क्यान्सर अस्पतालमा पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।’

कैदीमा कोरोना संक्रमण देखिएसंगै कारागारमा उच्च सर्तकता अपनाइएको उहाँको भनाई छ । ‘सामान्य रुघाखोकी लागेकालाई छुट्टै क्वारेन्टीनमा राखेका छाँै । हाल ४६ जना क्वारेन्टीनमा छन् ।’उहाँले थप्नुभयो ।

अहिले कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले कोरोना फैलन सक्ने त्रास बढेको उहाँको भनाई छ । यतिबेला संक्रमण जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न बन्द गराइएको कार्यलय प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्