Logo
|
Friday 19th April 2024
Logo

epaper

क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई महानगरको ३० लाख सहयोग



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंका क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई काठमाडौं महानगरपालिकाले ३० लाख रुपियाँ अनुदान दिने भएको छ ।

चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि महानगरले सो अनुदान दिने भएको हो । सहयोगका लागि चिकित्सालय र महानगरबीच शनिबार सम्झौता भएको छ । सो सम्झौतामा महानगरको सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

चिकित्सालयमा २५ शय्या छन् । यो चिकित्सालय बि.सं.२०१३ सालमा मा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्