Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ५ करोड २ लाख नाघेको छ । आइतबार बिहान ११ः२० बजे सम्म विश्वभरीमा ५ करोड २ लाख ६३ हजार ८८५ जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ५६ हजार ४५४ पुगेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ३ करोड ५५ लाख ४९ हजार ९०६ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड ३४ लाख ५७ हजार ६२५ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ९१ हजार ८०७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइसरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या १ करोड १ लाख ८२ हजार ८१८ पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख ४३ हजार २५७ पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८५ लाख ७ हजार ७५४ जना सङ्क्रमित भएका छन भने १ लाख २६ हजार १६२ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५६ लाख ५३ हजार ५६१ जना सङ्क्रमित भएका छन भने १ लाख ६२ हजार २८६ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्