Logo
|
Friday 26th April 2024
Logo

epaper

कोरोनामुक्त जिल्ला हुम्लामा थप चार जना नयाँ संक्रमित भेटिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हुम्लामा बिहीवार राति चार नयाँ कोरोना संक्रमित भेटिएका छन् । कात्तिक १८ गतेदेखि कोरोना संक्रमण मुक्त भएको हुम्लामा थप चार जना नयाँ संक्रमित फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको सुचना अधिकारी फडेराले बताउनुभयो । उहाँ अनुसार याल्वाङका ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका स्थानीयमा सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन् ।

कोरोना मुक्त भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभालगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो । कोरोना संक्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो संख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्