Logo
|
Friday 19th April 2024
Logo

epaper

कोभिड-१९ संक्रमितको नि:शुल्क उपचार गर्न सूचिकृत अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ का लक्षण र चिन्ह भएका व्यक्तिहरुको नि:शुल्क उपचार गर्न आफ्ना सूचिकृत अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

बुधबार मन्त्रालय अन्तरगर्तको स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले पुन: सूचना जारी गर्दै कोरोनाको उपचार गर्न सूचीकृत कोरोना अस्पतालहरुलाई पहिलाको निर्देशन अनुसार नि:शुल्क उपचार आदेश दिएको छ । निर्देशन पालना नगर्ने अस्पतालहरुलाई नियमानुसार कारवाही गर्ने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

लक्षण चिन्ह भएका संक्रमित व्यक्तिले यदि कोरोना बीमा गराएको भए त्यसैबाट उपचार खर्च कटौती गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यदि कोरोनाको उपचार गर्न सक्नेले उपचार र परीक्षण रकम योगदान गर्न सक्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्