Logo
|
Thursday 28th March 2024
Logo

epaper

चपारे भाइरसले लियो तिन जनाको ज्यान



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  कोभिड–१९ ले विश्व आक्रान्त पारीरहेको बेला बोलेभियामा नयाँ भाइरस फेला परेको छ । भाइरसबाट तिन जनाको मृत्यु भएको छ ।

हालसम्म एक सर्वसाधारण नागरीक र दुई स्वास्थ्यकर्मीको मृत्यु भएको भारतिय संचारमाध्यम जी न्यूजले जनाएको छ । बैज्ञानीकहरुले नयाँ भनिएको भाइरसको नाम चपारे भाइरस राखेका छन् । चपारे भाइरसपनि सन् २०१९ मै पत्ता लागेको थियो ।

हालै अमेरिकी सेन्टर फर् डिजिज कन्ट्रोल एण्ड प्रिभेँन्सनले भाइरस पुष्टि गरेको हो । वैज्ञानिकका अनुसार चपारे भाइसर एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ ।

यदि चपारे भाइरसको संक्रमण भए इबोलामा जस्तै रक्तस्राव ज्वरो, हेमोरैजिक फिभर आउन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिनको वार्षिक वैठकमा पनि चपारे भाइरसको रिपोर्ट पेश गरिएको थियो । कोरोना भाइरस जस्तै चपारे भाइरसको पहिलो केश पनि सन् २०१९ मै भेटिएको बताइएको छ ।

पहिलोपटक बोलिभियाको राजधानी ला पाजमा दुई जना संक्रमित भएका थिए । यो भाइरस बोलिभियाको चपारे इलाकामा भेटिएकाले यसको नामाकरण चपारे हुन गएको बताइएको छ । चपारे इलाका राजधानी ला पास देखि ३७० मिल टाढा छ ।

अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का संक्रामक रोग विशेषज्ञ केटलिन कोसाबुनका भनाई अनुसार चपारे भाइरस शरीरमा भएको तरल पदार्थ मार्फत पुरै शरीरमा फैलिन सक्दछ । यो भाइरसको संक्रमण मुसाबाट सरेको हुन सक्ने बताइएको छ ।

संक्रामक रोग विशेषज्ञ केटलिन भन्छन-‘श्वासप्रश्वासको माध्यमबाट फैलने भाइरस भन्दा शारीरिक तरल पदार्थबाट फैलने भाइरसलाई केहिहदसम्म नियन्त्रण गर्न सकिन्छ ।’

लक्षण

-आँखा दुख्ने

-ज्वरो आउने

-वान्ता हुने

-शरीरमा रातो दाग देखिने

-पेट दुख्ने

यो भाइरसको हालसम्म कुनैपनि औषधि बनेको छैन । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यसबारे धेरै अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको वैज्ञानिकहरुले बताएका छन् । सिडिसिका प्याथलोजिष्ट मारिया मोराल्सको भनाई अनुसार सिडिसिले यो भाइरसबारे अध्ययन, अनुसन्धान र जाँच सुरु गरिसकेको छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्