Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर १६६९ जनामा कोरोना संक्रमण, ५६९९ निको भए, १६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म १६ लाख ६० हजार ७५ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ५६९९जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९०.३४ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । हाल देशभर ६८६ जना क्वारेन्टीनमा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्