Logo
|
Thursday 18th April 2024
Logo

epaper

उपचाररत सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड



जनस्वास्थ्य सरोकार, सिरहा । शनिबार राति सुत्केरीको मृत्यु भएपछि सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल मृतककाआफन्तले तोडफोड गरेका छन् । मृतक सिरहा सुखीपुर नगरपालिका-९ मोहनपुरकी २७ वर्षीया आरती कुमारी साह हुन् ।

तोडफोडका कारण अस्पतालमा रहेका स्वास्थ्य उपकरण, औषधिलगायत फर्निचरहरु नष्ट भएका छन् भने अस्पतालमा कार्यरत कर्मचारीहरु अस्पताल छोडेर भागेका छन् ।

अस्पतालका संचालक समेत रहेका डा. चन्द्रशेखर यादवले मृतक आरतीको शल्यक्रिया गरेको परिवारजनले बताएको छ । नवजात शिशुको एउटा निजी अस्पतालको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव हालसम्म अस्पतालमै रहेको छ ।

मृतककाआफन्तजनले शल्यक्रियाको क्रममा लापर्वाही भएको भन्दै लापर्वाही गर्नेलाई कारवाही नगरुन्जेल शव नबुझ्ने बताएका छन ।

उनीहरुले अस्पताल विरुद्ध चर्का नारा लगाउँदै चक्काजाम समेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय लहानले घटनाको अनुसन्धान भइरहेको जनाउँदै दोषीलाई कार्वाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्