Logo
|
Thursday 28th March 2024
Logo

epaper

देशभर १९८० जनामा कोरोना संक्रमण, ३०४३ निको भए, १६ जनाको मृत्यु

कोरोनामुक्त हुनेको संख्या २ लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३०४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९०.९० प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । हाल देशभर ६२९ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्