Logo
|
Friday 19th April 2024
Logo

epaper

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शाक्यको कोरोना संक्रमणबाट निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ।

७६ बर्षीय शाक्यको आज विहान ४ बजे ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले  जनाएको छ ।
गत २० कात्तिकमा कोरोना संक्रमण देखिएका शाक्यलाई २५ कात्तिकमा ग्लोबल अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि ९ मंसिरमा मेडिसिटी अस्पताल सारिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

ललितपुर कुपण्डोल निवासी शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्