Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर १६१४ जनामा कोरोना संक्रमण, १४३७ निको भए, २३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म १७ लाखको पीसीआर परीक्षण भएको छ । आज थप १४३७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९२ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४१२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । हाल देशभर ६८० जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्