Logo
|
Tuesday 19th March 2024
Logo

epaper

सुदूरपश्चिमका पाँच जिल्लामा भेटिए ४३१ नयाँ क्षयरोगी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमा ४३१ नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । आर्थिक वर्ष २०७६र७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालय राजपुरले जनाएको छ ।

क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा ३०० व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गर्ने स्थानमा पुर्‍याइएको थियो ।

लुकेर बसेका क्षयरोगी पत्ता लागेकाले बिरामी चाँडै निको हुने र बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बचाउन सकिने स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँका अनुसार विरामी पहिचान भए अकालमा हुने मृत्युबाट जोगाउन र अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्