Logo
|
Tuesday 19th March 2024
Logo

epaper

किन आउँछ अमिलो डकार ?



जनस्वास्थ्य सरोकार । खानपानको असन्तुलन वा शारिरीक अस्वस्थताले गर्दा प्रायलाई छाती पोल्ने र अमिलचुकी आउने गर्छ । छाती भारी भई पोलेपछि मुखबाट अमिलो पानी निक्लने समस्या हुन्छ । कतिपयलाई रोटी, पाउरोटी ,चिउरा, गेडागुडी लगायतका खाना खाएपछि अमिलो डकारका साथै अमिलो पानी आउने गर्दछ ।

विशेषगरी खानपिन नमिलेमा यस किसिमको समस्याले सताउन सक्छ । यद्यपी यो प्रायः अस्थाई प्रकृतिको हुन्छ । कसै कसैमा यसले जीर्ण रुप लिसकेको भएमा उपचार आवश्यक पर्छ । तर नियमित रुपमा छाति पोल्ने र दैनिक दिनचर्यामा प्रभाव पारेमा चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । यस्तो अवस्थामा शरीरमा कुनै गम्भीर किसिमको समस्या विकास भइरहेको हुनसक्छ ।

सामान्यतया खाने नलीमा अम्ल (एसिड) चुहिने समस्या देखिनेगर्छ । चिकित्सा क्षेत्रमा एसिड रिफ्लक्स भनिने अम्ल चुहिने समस्या भएमा आमाशयबाट खाने नलीमा पाचक अम्ल पुगेको हुन्छ ।

सन् २०११ मा नर्वेमा गरिएको अनुसन्धानले २१ औँ शताब्दीको सुरुवात् भएदेखि औद्योगिक देशहरुमा ५० प्रतिशत भन्दा बढीले एसिड रिफ्लक्सको समस्या बढेको देखाएको थियो । एसिड रिफ्लक्स हुँदा पनि छाति पोल्नसक्छ ।

तर, छाति पोल्नु र एसिड रिप्mलक्सबीच भिन्नता छ । छाति पोल्ने समस्या हुँदा छातिमा पोलेको महशुस हुन्छ र एसिड रिप्mलक्सको अवस्थामा खाने नलीभित्र पोल्छ ।

छाति पोल्ने समस्या

सामान्यत खानेनली घाँटीबाट सुरु भएर आमाशयसम्म पुग्छ । चिकित्सा क्षेत्रमा इसोफागस भनिने घाँटीको खानेनलीको लम्बाई करिब २५ सेन्टिमिटर हुन्छ । बनावटको दृष्टिले यसलाई तीन भागमा हेर्ने गरिन्छ ।

खानेनली (इसोफागस) को अन्तमा आमाशयसँग जोडिने ठाउँमा माथिबाट खुल्ने तर तलबाट नखुल्ने मांसपेशीले बनेको ढोका, इसोफागल स्फिङ्टर हुन्छ । यो ढोकाले अम्ल चुहिने समस्यामा भूमिका खेल्ने गर्छ । यो ढोकामा कुनै कारणले समस्या आएमा आमाशयको अम्ल खानेनलीमा पुग्छ र पोल्छ । खाना पचाउन आमाशयमा कडा खालको अम्ल र एन्जाइम बन्छ ।

आमाशयको भित्री बनावट नै यस्तो हुन्छ कि उसलाई कडा खालको अम्लले असर गर्दैन । तर खानेनलीको भित्री भित्तामा त्यस प्रकारको अम्ललाई सहने क्षमता हुँदैन । त्यसैले खानेनली र आमाशयबीचमा रहेको ढोकाले माथिबाट आएको खाना वा खाएको अन्य वस्तुलाई आमाशयमा जान दिन्छ । तर आमाशयमा भएको वस्तुलाई माथि आउन दिँदैन । सामान्य अवस्थामा यो प्रक्रिया चलिरहन्छ । तर, जब खाने नली र आमाशयबीचको ढोका स्फिङ्टर कमजोर बन्छ ।

आमाशयबाट पाचक रस वा ग्याँस्ट्रिक रस खाने नलीसम्म पुग्छ ।

हामीलाई खाने नलीमा अम्ल चुहिने समस्याले कुनै न कुनै समयमा सताएको हुन्छ । यतिमात्र होइन यसले भोलि पनि यसले सताउँछ । तर, नियमित रुपमा यो समस्या छ, र उपचार गरिँदैन भने छाति पोल्ने समस्या (ग्यास्ट्रोइसोफागल रिफ्लक्स डिजिज) मा यो रुपान्तरित हुने खतरा रहन्छ । स

मस्या बल्झिदै गए रोगीलाई निल्न पनि कठिन महशुस हुन थाल्छ । अम्ल चुहिने समस्यालाई चानचुने ठानेर वेवास्ता गर्नु हुँदैन । प्रायः यो सामान्य अवस्थामै सकिने हुन्छ । तर क्यान्सर रोगमा पनि यो परिवर्तन हुनसक्छ भन्ने हेक्का राख्न पनि जरुरी छ ।

लक्षण

-ग्याँस्ट्रिक रस खानेनली हुँदै घाँटी सम्म आइपुगेमा सास लिन अवरोध उत्पन्न हुन्छ । यसलाई दम पनि भनिन्छ ।

– छातीका केही भागमा पोलेको र पीडा महशुस भएको हुन्छ ।

-दाँत क्षय हुन्छ र कुडिएको महशुस हुन्छ ।

– खानेकुरा निल्दा कठिनाई उत्पन्न हुनसक्छ ।

-आमाशय हुँदै घाँटीतिर पोलेको महशुस हुन्छ र आवाज कडा हुन्छ ।

– आमाशयबाट अम्ल मात्र नभई खाना पनि चुहिएर घाँटीसम्म आइपुग्छ ।

  कारण

– यसमा स्फिङ्टरको भूमिका रहन्छ ।

-विभिन्न कारणले स्फिङ्टर प्रभावित हुँदा अम्ल चुुहिएर खानेनलीमा पुग्छ ।

कस्तो अवस्थामा छाति पोल्छ ?

गर्भावस्था

गर्भावस्थाको अन्तिम समयतिर आमाशयबाट अम्ल चुहिने समस्या उत्पन्न हुनसक्छ । बढिरहेको बच्चाले आमाशयलाई दबाब दिन थालेपछि कलेजो र आमाशयमा प्रभाव परेर अम्ल चुहिएर खाने नलीमा पुग्छ । यस अवस्थामा थोरै खाएपनि धेरै खाएको जस्तो महशुस हुन्छ ।

तर, प्रसव भए लगत्तै अम्ल चुहिने समस्या आफै समाप्त हुने भएकाले अम्लनाशक कुनै औषधि खान जरुरी हुँदैन ।

धेरै खाने बानी

धेरै खाना खाने मानिसले प्रायः खानेनली पोलेको महशुस गर्छ । यसबाट बच्न उनीहरुले कम खाना खानुपर्छ । यसैगरी कसैकसैलाई खानाले अम्ल चुहिने समस्या ल्याउँछ । उनीहरुले त्यस प्रकारको खानेकुराबाट टाढा रहनुपर्छ ।

अगाडि झुक्नु

यसो गर्दा सामान्यतया आमाशयबाट अम्ल चुहिने समस्या उत्पन्न हुँदैन तर अम्ल चुहिने समस्या ल्याउने कुनै समस्या भएमा अम्ल चुहिन थाल्छ ।

पेप्टिक अल्सर र अपर्याप्त पाचक रस

आमाशयमा अल्सर (घाउ) र पर्याप्त मात्रामा पाचक रस पनि छैन भने पाचन प्रक्रिया बिस्तारै चल्छ । यसले गर्दा आमाशयमा ग्याँस्ट्रिक एसिड बढ्न थाल्छ र खाने नलीमा चुहिन्छ ।

दम

दम पहिले आउँछ कि एसिड रिफ्लक्स पहिले भन्ने विषयमा विशेषज्ञहरुबीच विवाद रहेको छ ।

दमको अवस्थामा खोकी र सास लिनमा कठिनाईले छातीमा प्रभाव परेर अम्ल चुहिने समस्या आउने मान्यता छ ।

अर्कोतर्फ दमको औषधिले पनि यो समस्या ल्याउने तर्क गर्नेहरु पनि छन् ।

धूमपान

धूमपान गर्नेहरुको ¥यालमा बाइकार्बोनेटको सानो मात्रा हुने र त्यसले अम्ललाई प्रभावहिन बनाउने अनुसन्धानबाट खुलेको छ । धूमपानले ¥याल पनि कम उत्पादन हुन्छ, तर यसले आमाशयमा अधिक अम्ल उत्पादन प्रेरित गर्छ । धूमपानले गर्दा आमाशय र खाने नलीबीचको ढोका पनि कमजोर हुन्छ । पित्तसमेत आन्द्राबाट आमाशयमा पुग्ने भएकाले अम्ल झनै कडा बन्छ ।

अल्कोहल

अल्कोहल पिउन बन्द गर्ने र पिउन कम गर्नेहरुले खानेनली पोल्ने समस्या पनि घटेर गएको बताउने गरेका छन् ।

अम्ल चुहिने समस्याको उपचार यसको उपचारमा पहिलो पाटो हो, आहारा ।

आफ्नो नियमित आहारामा परिवर्तन गर्ने र अम्ल चुहिने समस्या ल्याउने आहाराको पहिचान गरेर त्यसलाई नखाने मानिसमा यो समस्या कम भएर जान्छ ।

जसले खाने नली पोल्ने समस्या बढाउँछ

– अल्कोहल

– मरिच

– खुर्सानी

-अमिला फलपूmल, भुइँकटहर

-कफी

– लसुन

– मसला अधिक भएको खाने वस्तु

-चिया

-टमाटर, टमाटरको सस

निम्न खाद्य वस्तुले समस्या बढाउन सक्छन्

– गेडागुडी

-ब्रोकाउली

– बन्दागोभी

-काउली

– सोडा

अम्लको असन्तुलनले ल्याउने समस्या

आमाशयमा अम्लको सन्तुलन बिग्रेर पाचनमा समस्या आउनाले सिर्जना हुने छाती पोल्ने समस्यालाई चिकित्साशास्त्रले पाइरोसिस भन्ने गरेको छ ।

मुटु भएको भागमा पोल्ने भएकाले आम बुझाइमा यसलाई मुटु पोलेको पनि भन्ने गरिएको छ । तर अम्ल सन्तुलन बिग्रेर हुने यस समस्याको सम्बन्ध मुटुसँग छैन ।

तर, कहिलेकाहीँ छाती पोल्नु हृदय रोगको प्रारम्भिक संकेत पनि हुनसक्छ । ग्याँस्ट्रिक भनेर बेवास्ता गर्नुहुँदैन । यस विषयमा ध्यान दिनु जरुरी छ । मुटु पोल्ने लक्षण समस्या भोग्नेको बयानको आधारमा हुन्छ ।

कसैले टाउको दुःख्ने वा थकान महशुस गर्छन भने कसैले शरीर दुःखेको भन्छन् । तथापि यस समस्याका केही आम लक्षण छन् ।

लक्षण

-छातीमा असजिलो हुने र तातो वा पोलेको महशुस हुने ।

-खाना खाएपछि वा सुतेको बेला उत्पन्न हुने यो समस्या केही मिनेटदेखि घण्टौँ सम्म रहनसक्छ ।

-निहुँरिदा वा सुतेको बेला पीडा बढ्छ ।

– कसैलाई घाँटीमा पोल्छ ।

-कहीलेकाहीँ खोकी लाग्ने र घाँटी बस्ने पनि हुन्छ ।

-खाना निल्दा छातीको बीचमा खाना टाँसिएको जस्तो लाग्छ ।

-अम्ल चुहिएर खाने नलीमा अम्ल पुग्दा छाती पोल्ने समस्या उब्जिन्छ ।

जीवनशैलीमा परिवर्तन र केही सावधानी अपनाएर छाती पोल्ने समस्या घटाउन सकिन्छ ।

मोटा मान्छेलाई मुटु पोलेको समस्या तुलनात्मक रुपमा बढी हुने देखिएको छ । उनीहरुले तौल घटाएमा आमाशयमा दबाब पनि कम हुन्छ र मुटु पोल्ने समस्या पनि घट्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्