Logo
|
Friday 19th April 2024
Logo

epaper

भिम अस्पतालमा बुटवलका कोरोना सक्रमित महिलाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भैरहवास्थित भिम अस्पतालमा उपचारका क्रममा बुटवलका एक कोरोना सक्रमित महिलाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिलाको बिहीबार राति १२ः४० बजे मत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार उनी बिहीबार राति १२ बजे अस्पताल भर्ना भएकी थिइन् । उनको कोरोना परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्