Logo
|
Wednesday 26th January 2022
E-paper Magazine

देशभर १७०३ जनामा कोरोना संक्रमण, १२३६ निको भए, २३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


हालसम्म १७ लाख १० हजार ४६० जनाको पीसीआर परीक्षण भएको छ । आज थप १२३६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९१.३२ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।


देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ । हाल देशभर ६०१ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्