Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यकर्मीलाई तुरुन्तै जोखिम भत्ता वितरण गर्नुस् -स्वास्थ्य मन्त्रालय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालहरुले उपलब्ध नगराएको गुनासो आएको भन्दै ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ती निकाल्दै सम्बन्धित सबै कोभिड अस्पताललाई यथासिघ्र जोखिमभत्ता वितरण गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ रकम निकासा गरिसकेको विज्ञप्तमा उल्लेख छ ।

सरकारले कोभिड—१९ को उपचार संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश ०७७ अनुसार जोखिममा रहि काम गर्ने सबै जनशक्तिलाई जोखिम भत्ता दिने निर्णय अनुसार जोखिम भत्ता निकासा गरिएको जनाएको छ ।

कात्तिक महिनाको रकम भुक्तानीको क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्