Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पेट सम्बन्धि समस्या के के छन् ?



जनस्वास्थ्य सरोकार । पेट सम्बन्धिको समस्या ओठदेखि मलद्वारसम्म पर्छ । त्यसबीचको सानो आन्द्रा, ठूलो आन्द्रा, पाकाशय, खानेनली सबैमा समस्या आउनसक्छ । यसका साथै लिभर, गल ब्लाडर, प्याँक्रियाजमा हुने समस्यालाई पनि ग्याँस्ट्रोइन्टेरोलोजी (जिआई) समस्या भनिन्छ । नेपालमा ग्याँष्ट्रिक जसलाई राष्ट्रिय रोग पनि भनिन्छ अर्थात ग्याँस्ट्राइटिस र कोलाइटिस (ठूलो आन्द्रा सुन्निने) समस्या धेरै छ ।

ग्याँसट्राइटिस

ग्याँस्ट्राइटिस भनेको पाकाशय सुन्निने, अल्सर हुने, एसिड पेप्टिक डिजिज (अमिलो पानी आउने जसलाई रिप्mलक्स भनिन्छ । पेट, सानो आन्द्रा वा ड्युडेनमको अल्सरलाई एसिड पेप्टिक वा ग्याँस्ट्राइटिस भनिन्छ ।

अहिले तेस्रो रोगको रूपमा ठूलो आन्द्राको क्यान्सर बढ्दो रुपमा पाइन्छ १० वर्ष अघिसम्म नेपालमा यो रोग त्यति देखिंदैन थियो । शहरमा बस्ने नेपालीहरुमा ठूलो आन्द्राको क्यान्सरको मात्रा विस्तारै बढ्दै गएको पाइन्छ । यो इण्डियाको तुलनामा बराबर हुन थालेको छ । भारतमा कोलोनीक जिआई क्यान्सर एक नम्बरमा आइसकेको छ । यो पाश्चात्य समाज अमेरिका लगायतका अरु मुलुकमा देखिन्थ्यो ।

ग्याँस्ट्रोइन्टेरोलोजी समस्याको कारण

-ग्याँस्ट्रोइन्टेरोलोजी समस्याको मुख्य कारण पिउने पानीको खराबीलाई लिइन्छ ।

२०–२५ वर्ष अघि अस्ट्रेलियाका डाक्टरले गरेको आविष्कारले हेलिकोब्याक्टर (एच) पाइलोरी भन्ने एउटा किटाणु ओरोफिकल रूट (पानी, खाना) बाट सर्छ भन्ने पत्ता लगाएका थिए । एचपाइलोरीले ग्याँस्ट्रिक गराउन सक्छ ।

-पेट बिग्रने, झाडा पखाला लाग्ने, जण्डिस हेपाटाइटिस आदि पानी र खानाकै खराबीका कारण मानिन्छ ।

– पेटको क्यान्सर बढ्नुमा हाम्रो खाने नियममा बद्लाव आएर नै मुख्य हो । हामी पश्चिमी समाजको शैलीमा मासु खाने गर्छौं । खास गरी रातो मासु (खसी, राँगो ,बँदेल) ले क्यान्सर निम्त्याउँछ । यसले ठूलो आन्द्रा (कोलेरेक्ट्रोल) क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

– हाम्रो देशमा सुकुटी, नुनिलो मासु, गालेको अचार आदि खाने प्रचलन छ । यसले पाकाशयको क्यान्सर गराउँछ ।

· त्यसैले मासुको सेवन धेरै गर्ने, वजन बढ्ने, चुरोट खाने, व्यायाम नगर्ने, नहिँड्ने जस्ता परिवर्तनशील जीवनशैलीले क्यान्सरको समस्या निम्त्याइरहेको छ ।

-यसमा प्रदूषण, वंशाणुगतले पनि ग्याँस्ट्रोइस्टेरोलोजी क्यान्सर बढिरहेको छ ।

लक्षण र चिन्ह

जिआई ट्रयाकको लक्षण अनेक हुन्छन् । खासगरी ठूलो आन्द्रा वा रेक्टममा समस्या आएमा निम्न लक्षण देखिनसक्छ ।

· पेट दुख्ने र पोल्ने

· पेट ढुस्स हुने

· पखाला लाग्ने

· दुब्लाउने

· दिसा राम्रोसँग नहुने

· खान मन नलाग्ने

· निल्न गाह्रो हुने

· अमिलो पानी आउने

· मलद्वारबाट रगत जाने

· कब्जियत

· दिसा गरूँ गरूँ जस्तो लाग्ने आदि ।

रोगको डायग्नोसिस

· रगतको जाँच

· अल्ट्रासाउण्ड

· दिसाको जाँच

· इण्डोस्कोपी (मलद्वार र मुखबाट गर्ने)

· यदि रोगको सही पहिचान नभएमा सिटी स्क्यान गरेर रोगको भरपर्दो डायग्नोसिस गर्न सकिन्छ ।

उपचार

· करिब ७०–८० प्रतिशत पेटसम्बन्धि रोग औषधिको सेवनबाट निको हुन्छन् ।

· पित्तथैलकिो ढुंगा (गलस्टोन) आदिमा शल्यक्रिया गर्नुपर्छ । ल्याप्रोस्कोपिक सर्जरीबाट गलस्टोनको चाँडै उपचार सम्भव हुने गरेको छ ।

· क्यान्सरको उपचार रोगको तह अनुसार हुने गर्छ । कतिको पहिला शल्यक्रिया गर्नुपर्छ, कुनैको किमोथेरापी दिएर शल्यक्रिया गर्नुपर्छ । यद्यपी क्यान्सरमा रोगको परिस्थिति अनुसार उपचार र शल्यक्रिया गर्नुपर्छ ।

(डा. शर्मा नेपाल मेडिसिटी हस्पिटलमा मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्