Logo
|
Friday 26th April 2024
Logo

epaper

आज १३८० जना कोरोना संक्रमित थपिए, एकैदिन २९ जनाको मृत्युु



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ जना रहेका छन् भने ६१८ जना क्वारेन्टिनमा छन् । 

बितेको २४ घन्टामा थप ५१५ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमण मुत्त हुनेको संख्या २ लाख ११ हजार १८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आज एकैदिन २९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्