Logo
|
Thursday 25th April 2024
Logo

epaper

किन घट्दै छ कोरोना परीक्षण दर ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस परीक्षण दर केहिदिन यता घटेको छ । जसकारण संक्रमितको संख्या समेत घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभर एक हजार तीन सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

शनिवार मात्रै नौ हजार तिन सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । यसअघि विहिवार नौ हजार चार सय ९१ र शुक्रवार १० हजार चार सय ६० जनाको पिसीआर परीक्षण गरीएको थियो । परीक्षणदर घट्दा संक्रमितको संख्या पनि घट्दो देखिएको छ ।


कोरोना भाइरस संक्रमण पुष्टि भइ भेन्टिलेटर र आइसीयुमा उपचाररत संक्रमितको संख्या घट्दै गएको छ । गत मंगलबार चार सय ५० संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेकोमा शनिवार यो संख्या घटेर तिन सय ५० पुगेको छ । यद्यपी होम आइसोलेसनमा बस्नेको संख्या अत्यधिक रहेको छ ।

कुल संक्रमितसक्रिय संक्रमितसंक्रमण मुक्तपीसीआर परीक्षणक्वारेन्टाइनमा बस्नेको संख्यामृत्यु
२,३०,७२३१८,०८३२,११,१८६१७,१९,८२८६१८१,४५४


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय २५ जना आइसियु र ५० जना भेन्टिलेटरमा उपचाररत छन् । गण्डकी प्रदेशमा एक सय जना आइसियु र १० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । बागमतीमा ८४ जना संक्रमित आइसियुमा र २४ जना भेन्टिलेटरमा छन् । यस्तै, प्रदेश एकमा ३९ जना आइसियु र १० जना भेन्टिलेटरमा, प्रदेश दुईमा पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा, लुम्बिनीमा ८० जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कर्णाली प्रदेशमा १० जना आइसियुमा र सुदूरपश्चिम प्रदेशमा सात जना आइसियु र एक जना भेन्टिलेटरमा रहेका छन् ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर हाल १२ हजार पाँच सय ४६ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । बागमती प्रदेशमा आठ हजार पाँच सय ६५, प्रदेश एकमा एक हजार ६ सय २९, प्रदेश दुईमा तिन सय ५४, गण्डकीमा एक हजार ३, लुम्बिनीमा ६ सय ५३, कर्णालीमा ८३ र सुदुरपश्चिम प्रदेशमा दुई सय ५९ जना संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।


यस्तै, हालसम्म काठमाडौं उपत्यकामा एक लाख सात हजार सात सय ६९ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, ललितपुरमा एक सय २४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा ८६ हजार आठ सय ५६, ललीतपुरमा १३ हजार ८८, भक्तपुरमा सात हजार एक सय चार जनामा संक्रमण देखिएको छ । शनिवार काठमाडौं उपत्यकामा ६ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंमा ७८ हजार चार सय ६९, ललितपुरमा १३ हजार ८८ जना र भक्तपुरमा सात हजार एक सय चार जना संक्रमणमुक्त भएका छन् ।


हालसम्म देशभर दुई लाख ३० हजार सात सय २३ जनामा संक्रमण देखिएको छ । जसमध्ये दुई लाख ११ हजार एक सय ८६ जना संक्रमणमुक्त भएका छन् । देशभर १८ हजार ८३ जना सकृय संक्रमित रहेका छन् । अहिलेसम्म आरटिपिसीआर प्रविधिबाट १७ लाख १९ हजार आठ सय २८ जनाको कोरोना परीक्षण गरीएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये एक हजार चार सय ५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्