Logo
|
Thursday 9th May 2024
Logo

epaper

केमसानका पूर्व अध्यक्ष हमाल महासंघको केन्द्रिय सदस्यमा निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसीयसन अफ नेपाल (केमसान) का पूर्व अध्यक्ष भक्त हमाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँ चन्द्र ढकाल समुहबाट वस्तुगततर्फ अत्याधिक मत ल्याएर केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।

हमालले कुल १०१ मतमा ६२ मत प्राप्त गर्दै सर्वाधिक पाँचौ नम्वरमा विजयी हुनुभएको हो । केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका हमालले स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि सबैसंग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो ।


उहाँले भन्नुभयो- ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा नीतिगत तहमा योजना बनाउन लागि पर्नेछु । स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायलाई मजबुत र जिम्मेवार बनाउन नीति निर्माणमा समन्वय गर्नेछु ।’
हमाल विगत २६ वर्षदेखि मेडिकल सामाग्री आपूर्ति व्यवसायमा आवद्ध रहँदै आउनुभएको छ । उहाँ केमसानका निवर्तमान अध्यक्ष हुनुहुन्छ । यस्तै, हमालले नेपाल जर्मन चेम्वर्स अफ कमर्स एण्ड इन्डष्ट्रिज (एन.जि.सि.सि.आई) को कोषाध्यक्ष रहेर काम गरिसक्नुभएको छ ।

हाल उहाँ सर्जिकल व्यवसायसँग सम्बन्धित सुदिप इन्टरनेशनल प्रा.लि.का अध्यक्ष, मेडिका इन्टरप्राइजेज प्रा.लि.का प्रवन्ध निर्देशक, चितवन भ्याली मोडेल हस्पिटल र चितवन एकेडेमी फर टेक्निकल एजुकेसनका निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्