Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देशभर १२५५ जनामा कोरोना संक्रमण, १४०४ निको भए, २५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


हालसम्म १७ लाख २७ हजार ८३६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १४०४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९१.५० प्रतिशत रहेको छ ।


नेपालमा वितेको २४ घण्टामा थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ । हाल देशभर ६३२ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्