Logo
|
Saturday 20th April 2024
Logo

epaper

केमसानद्धारा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा नवनिर्वाचित हमाललाई बधाई




जनस्वास्थ्य सरोकार, काठमाडौं । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएन अफ नेपाल (केमसान) ले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा नवनिर्वाचित केमसानका निवर्तमान अध्यक्षसमेत रहनुभएका भक्त हमाललाई बधाई र सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमबीच हमालललाई स्वागत र सफल कार्यकालको शुभकामना आदानप्रदान गरिएको हो ।


हमाल चन्द्र ढकाल समुहबाट वस्तुगततर्फ अत्यधिक मत ल्याएर केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।


उहाँले भन्नुभयो—‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा नीतिगत तहमा योजना बनाउन लागि पर्नेछु । स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायलाई मजबुत र जिम्मेवार बनाउन नीति निर्माणमा समन्वय गर्नेछु ।’
हमाल विगत २६ वर्षदेखि मेडिकल सामाग्री आपूर्ति व्यवसायमा आवद्ध रहँदै आउनुभएको छ । उहाँ केमसानका निवर्तमान अध्यक्ष हुनुहुन्छ । यस्तै, हमालले नेपाल जर्मन चेम्वर्स अफ कमर्स एण्ड इन्डष्ट्रिज (एन.जि.सि.सि.आई) को कोषाध्यक्ष रहेर काम गरिसक्नुभएको छ ।
हाल उहाँ सर्जिकल व्यवसायसँग सम्बन्धित सुदिप इन्टरनेशनल प्रा.लि.का अध्यक्ष, मेडिका इन्टरप्राइजेज प्रा.लि.का प्रवन्ध निर्देशक, चितवन भ्याली मोडेल हस्पिटल र चितवन एकेडेमी फर टेक्निकल एजुकेसनका निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्