Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, थप १४७४ जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १९३१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९१.८९ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ । हाल देशभर ५३५ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्