Logo
|
Friday 26th April 2024
Logo

epaper

३४ प्रतिशत एचआइभी संक्रमित खै ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुलुकमा करिव ३४ प्रतिशत एचआइभी एड्स संक्रमितको पहिचान हुन सकेको छैन ।

२०७७ सालको असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल २९ हजार ३०५ एचआइभी संक्रमितहरुमध्ये १९ हजार ४ सय १० जना मात्र उपचारमा छन् । त्यसमध्ये १० हजार ९३ संक्रमित कहाँ छन् भन्नेबारे राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलाई समेत पत्तो छैन । प्रतिशतमा हेर्दा ६६ प्रतिशतले मात्र एआरभी उपचार सेवा लिरहेका छन् । बाँकी ३४ प्रतिशतको पहिचान हुन सकेको छैन ।

देशभर ८० वटा एआरटी केन्द्रबाट निःशुल्क औषधि वितरण भएपनि संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीबाट पनि नराम्रो रूपमा हेर्नेलगायत कारण संक्रमित रगत परीक्षण गराउन र उपचार सेवा लिन आउन नसकेकोे केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले बताउनुभयो ।

एचआइभी एड्ससँग रहेको लाञ्छना, विभेद, अशिक्षाका कारण एचआइभी संक्रमित जोखिममा भए पनि परीक्षण गर्न डराउने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो–‘कसैले थाहा पाउँछ कि, लाञ्छना, विभेद गर्छन् कि भन्ने डरले एचआइभी संक्रमितहरु एआरभी उपचार केन्द्र घर नजिकै भए जान चाहादैनन् ।’

सन २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारले लक्ष्य लिएपनि एचआइभी संक्रमितको पहिचान हुन नसक्दा कतै उनीहरुले रोग सारिहेको त छैन भन्ने शंका उब्जिएको छ ।

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारा सहित आज ३३ औँ विश्व एड्स दिवस मनाइँदैछ । विश्व एड्स दिवस एचआइभी पत्ता लागेको सात वर्षपछि १९८८ देखि मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्