Logo
|
Sunday 13th June 2021
E-paper Magazine

आज १४९० कोरोना संक्रमित थपिए, १५६७ निको



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


हालसम्म १७ लाख ५४ हजार ६३० जनाको पीसीआर परीक्षण भएको छ । आज थप १५६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९२.४३ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५३८ पुगेको छ ।


देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५६७ रहेको छ । हाल देशभर ६०५ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्