Logo
|
Friday 26th April 2024
Logo

epaper

फाइजर/बायोएनटेक खोपले पायो बेलायतमा अनुमति



जनस्वास्थ्य सरोकार, काठमाडौँ । फाइजर/बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोप प्रयोगका लागि युकेले अनुमति दिएको छ । युके यसरी खोपको बृहत प्रयोगकालागि अनुमति विश्वकै पहिलो देश बनेको छ।

९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गरिने ब्रिटिश नियामक संस्था एमएचआरएले जनाएको छ ।

यूकेले चार करोड डोज किनिसकेको छ । जुन दुई करोड मानिसलाई पर्याप्त हुने छ। तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ।

सबैभन्दा पहिला उच्च जोखिममा रहेका समुहबाट खोप लगाउनु सुरु गरिने एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले बताउनुभयो ।

उहाँका अनुसार खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तैयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस्