Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

थप १३४३ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


हालसम्म १७ लाख ६३ हजार ९१९ जनाको पीसीआर परीक्षण भएको छ । आज थप २१११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९२.७१ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।


देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । हाल देशभर ५७६ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्