Logo
|
Saturday 27th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण



जनस्वस्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार देशभर १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्