Logo
|
Wednesday 24th April 2024
Logo

epaper

एन्टिजेन विधिवाट परीक्षण कति प्रभावकारी ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण जोखिमलाई मध्येनजर गर्दै सरकारले एन्टिजेन विधि प्रयोगलाई अघि बढाउने तयारी थालेको छ । कोरोना महामारीको समयमा आरडिटी परी विधिलाई अघि बढाइएको थियो । तर, चर्को आलोचना भएपछि बन्द गरियो।

काठमाडौंको टोल–टोलमा गएर एक हजार पाँच सय जनामा परीक्षण गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

यो विधिबाट देशभर परीक्षण गर्ने सरकारको योजना छ । जसमा १ सय १५ जनामा पोजिटिभ देखिएको थियो ।

तर, एन्टिजेन प्रभाकारी नभएको भन्दै छिमेकी देश चीन, भारतलगायत अन्य देशले पनि बन्द गरेका छन् । सरकारले देशभर नै एन्टिजेन विधिबाट परीक्षण गर्ने भएको छ ।

त्रिवि माइक्रोबायोलोजी विभागका प्रमुख डा. मेघराज बन्जाराले कोरोना पहिचानका लागि एन्टिजेन विधि विश्वमा कतैपनि नभएको बताउनुभयो ।

माइक्रोवायोलोजिष्टहरुले एन्टिजेनले भाइरसको प्रोटिनलाई टेस्ट गर्ने र पीसीआरले भाइरसको आनुवांशिक तत्व आरएनएलाई टेस्ट गर्ने भएकाले पीसीआर बढी सेन्सेटिभ हुने बताउँछन् ।


एन्टिजेनबाट परीक्षण गर्दा पोजिटिभ देखिने सम्भावना कम रहने भन्दै एन्टिजेनबाट टेस्ट गरिएको व्यक्तिको पीसीआरपनि गरिनुपर्ने विज्ञहरु बताउँछन् । यो विधिबाट परीक्षण गर्दा शतप्रतिशत निश्चित हुन भने नसकिने चिकित्सकहरू बताउँछन ।

तत्कालै आवश्यक पर्दा मात्र यो परीक्षण उपयुक्त हुने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले बताउनुभयो । यसले सीटी भ्यालू ३० भन्दा बढी भएको देखाउँदैन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्