Logo
|
Friday 19th April 2024
Logo

epaper

थप १२७२ जनामा कोरोना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर शुक्रवार थप एक हजार दुई सय ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या दुइ लाख ३८ हजार आठ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।
देशभर सकृय संक्रमितको संख्या १५ हजार चार सय ४७ जना रहेका छन् । शुक्रवार देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार पाँच सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्