Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष बस्नेतद्धारा आविष्कार केन्द्रलाई दुई लाख सहयोग



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख रुपैंया सहयोग गर्नुभएको छ ।

नेसनल वायोमेडिकल, जनमुक्ति हेल्थका सञ्चालक समेत रहनुभएको बस्नेतले केन्द्रका महाबीर पुनलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

बस्नेतले कोरोना रोकथामको लागी आवश्यक स्वास्थ्य सामाग्री निर्माण तथा वितरणका लागी सो रकम सहयोग गर्नुभएको हो ।


संघका अध्यक्ष बस्नेतले भन्नुभयो,–‘कोरोनालाई मध्येनजर गर्दै स्वास्थ्य सामाग्री उत्पादनमा सहयोग पुगोस् भनेर मैले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको हुँ । कोरोना रोकथाममा यो सहयोगले केहि टेवा पुग्नेछ भन्ने अपेक्षा लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्