भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. पौडेल नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उहाँले आज मात्र नियुक्ति पत्र बुझ्नुभएको हो ।
उहाँको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि उहाँ वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।