रक्त क्यान्सरका कारण मुटुरोग विशेषज्ञ डा. जोशीको निधन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रक्त क्यान्सरका कारण बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको मृत्यु भएको छ ।
नेपाल मेडिसिटी अस्पतालमा उपचररत डा. जोशीको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
मेडिसिटीका कार्डियो विभागका प्रमुख समेत रहनुभएका डा जोशी केही दिन अघि मात्रै त्यहाँबाट राजिनामा दिनुभएको थियो । त्यस लगत्तै उहाँलाई रक्तक्यान्सर भएको थाह भयो ।
आफूलाई रक्तक्यान्सर भएको थाह पाएपछि उहाँल मेडिसिटी अस्पतालमै उपचार गराइरहनुभएको थियो ।