Logo
|
Friday 26th April 2024
Logo

epaper

‘फ्लु जाडोमा सक्रिय हुन्छ, सरसफाईमा विशेष ध्यान दिऔं ’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडो महिनामा विशेषगरी हावा र खानपानको माध्यमबाट रोग सर्ने गर्छ । हावाको माध्यमबाट फ्लुको संक्रमण हुने गर्छ । सरसफाइमा ध्यान नदिँदा अस्वस्थकर खानपानले बालबालिकामा झाडापखाला (कोल्ड डायरिया) को समस्या देखिन सक्छ ।

विशेषगरी रोटा भाइरसले बालबालिकाको आन्द्रामा संक्रमण गराएर झाडापखाला लाग्ने गर्छ । त्यसैगरी वयस्कमा नोरो भाइरसको संक्रमण पाइएको छ । नोरो भाइरसको संक्रमणले वान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने जस्ता समस्या हुने गर्दछ ।


त्यस्तै, जाडो मौसममा बालबालिका र वृद्धवृद्धालाई निमोनियाले पनि बढी सताउने गर्छ । न्युमोकोकल निमोनिया नामक व्याक्टेरियाको संक्रमणले निमोनिया हुन्छ । हाम्रो समुदायस्तरमा सेकेन्डरी ब्याक्टेरियाले निमोनियाको संक्रमण बढी पाइएको छ । यस्ता निमोनियाको असर प्रायः अरु समयमा देखिदैँन । तर जाडोमौसममा यो निकै घातक हुने गर्छ । जाडो मौसममा निमोनियाको संक्रमण कतिपय बृद्धबृद्धाको ज्यान जाने गरेको छ ।
खोप
जाडो मौसमा बालबालिकालाई कोल्ड डायरियाबाट बचाउन रोटा भाइरस विरुद्धको खोप लगाउन सकिन्छ ।

सरकारले गत असार देखिनै रोटा भाइरस विरुद्धको खोप लगाउने अभियान सुुरु गरिसकेको छ । यो खोप ५ वर्ष मुनिका बालबाललिकालाई लगाइन्छ ।

फ्लु विशेषगरी जाडो महिनामा सक्रिय हुने गर्छ । यसबाट बालबालिका र बृद्धबृद्धा बढी प्रभावित हुने गरेका छन् । जाडो महिनामा फ्लुबाट बच्न पनि खोप लगाउन सकिन्छ । त्यस्तै जाडो महिनामा निमोनियाबाट बच्न निमोनिया विरुद्धको खोप पनि लगाउन सकिन्छ । तर नेपालमा निमोनिया विरुद्धको खोपको चर्चा कम भएको पाइन्छ ।
कसरी बच्ने ?
विशेगरी फ्लु र निमोनियाको संक्रमण स्वासप्रश्वासकै मध्यमबाटै हुने गर्छ । बिरामीले खोक्दा हावाको माध्यमबाट सर्ने गर्छ । त्यसकारण कोरोनाबाट बच्ने उपायले पनि फ्लु र निमोनियाबाट बचाउँछ । घरबाहिर निस्किदा मास्क लगाउने, समयसमयमा साबुनपानीले हात धुनुपर्छ । एकतिरले दुई शिकार गर्ने भनेजस्तै हामीले इमान्दारिता पुर्वक जनस्वास्थ्यका मापदण्ड अपनाए यसबाट बच्न सकिन्छ । त्यस्तै सरसफाइ र स्वस्थ खानपानमा विशेष ध्यान दिनुपर्दछ । ताजा सागसब्जी फलफुल सेवन गुर्नपर्दछ । (डा.पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्