Logo
|
Saturday 11th May 2024
Logo

epaper

सोमबार ४०३ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा सोमबार थप ४०३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

थप ५९४ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।

हाल नेपालमा ५२८९ जना आइशोलेशनमा छन् भने ३४२ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ५२ हजार ९०३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्