Logo
|
Saturday 27th April 2024
Logo

epaper

खोप आउनेवित्तिकै उपलब्ध गराउने गरी तयारी थाल्नुसः स्वास्थ्यमन्त्री



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना भाइरसविरुद्ध खोप भित्रिएको दुइ दिनभित्र लगाउने गरी तयारीलाई तिव्र बनाउन निर्देशन दिनुभएको छ ।


स्वास्थ्य सेवा विभागको शुक्रवार अनुगमनका क्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले खोप भित्रिएपछि यथासिघ्र लगाउन मिल्ने गरी तयारी थाल्न निर्देशन दिनुभएको हो ।


स्वास्थ्य मन्त्री मन्त्री त्रिपाठीले भन्नुभयो, ‘कोरोनाविरुद्धको खोप ल्याएको दुई दिनभित्र स्वास्थ्यकर्मीलाई लगाउने र एक हप्ताभित्र ७० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने गरी तयारी गर्नुस् । ’


सो अवसरमा स्वास्थ्य सेवा विभागका पदाधिकारीहरुले अबको १५ दिनभित्र खोप भण्डारणको तयारी पुरा हुने बताएका थिए । कोभिड–१९ खोप भण्डारणका लागि गाबीले नेपालका लागि १९ वटा कोल्ड चेन सहयोग गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्