Logo
|
Friday 26th April 2024
Logo

epaper

‘आमालाई चढाइएको स्लाइनवाटर गुणस्तरीय नहुँदा आफैँ उत्पादनमा लागें’



विगत ३६ वर्षदेखि विभिन्न व्यवसाय र विगत ११ वर्षदेखि लक्ष्मी स्टिल, सर्बोत्तम सिमेन्टलगायतका उद्योग सञ्चालन गर्दै आउनुभएका एभरेष्ट प्यारेन्टेरेल्स फर्मास्युटिकल्स प्रा.लिका अध्यक्ष महेश रानासरियासँग गरिएको कुराकानीको सारसंक्षेप ः
एभरेष्ट प्यारेन्टेरल्स औषधि कम्पनिको स्थापनाबारे जानकारी दिनुहोस न ?
मेरो छोरा उमङ्ग रानासरिया अध्ययनका लागि अष्ट्रेलिया गएको थियो । अष्ट्रेलियाबाट बिजनेश एडमिनिस्टे«सनमा अध्ययन सकेर दुवई तिर व्यवसाय सुरु गर्न थाल्यो । छोरो नेपालमै आएर ‘केहि गरिदिए हुन्थ्यो’ जस्तो मलाई लाग्थ्यो । नेपालमा अरु पनि केहि राम्रो काम गर्न मन लागेको थियो । सन् २०१५ मा छोरा नेपाल फर्कियो । सन् २०१६ देखि अत्याधुनिक उपकरणहरु जडित एभरेस्ट प्यारेन्टेरेल्स प्रा.लि. फर्मास्युटिकल्स कम्पनिको गृहकार्य शुरु गरी संरचना निर्माणलगायतका कामहरु शुरु गरियो । हाल २०२० मा पूर्ण रुपमा सञ्चालनमा ल्याउन सफल भयौं । यसमा आर.एन.डी.(रिसर्च एण्ड डेभलप्मेन्ट), युटिलिटी, फेसिलिटीको दायरा ठूलो छ ।
यो कहाँ छ र यसमा कति लगानी भएको छ ?
यो कम्पनि बारा जिल्लाको छतपिपरामा अवस्थित छ । यसमा करिब २०० करोड रुपियाँ लगानी भएको छ ।
हाल कति उत्पादन भइरहेको छ ?
यो ठूलो मात्रामा आईभी फ्लूड Large volume parenterals (LUV) र इन्जेक्टेबल an Short volume Parenterals (SUV)   दुवै एकै ठाउँमा उत्पादन गर्ने क्षमता भएको नेपालको पहिलो कम्पनि हो र चाँडै पूर्णक्षमतामा सञ्चालनमा आउँदैछ । त्यसपछि सलाइन पानी जस्ता लार्ज भोलुम पेरेन्टेरल्समा नेपाल आत्मनिर्भर हुनेछ । यो १ सय, ५ सय र १ हजार एमएलको बोतलमा उपलब्ध हुनेछ ।
यहाँहरुले गुणस्तर र मूल्यमा कत्तिको ध्यान दिनु भएको छ ?
हामी सलाइन पानीको आयातलाई विस्थापित गर्नेतर्फ उन्मुख छौं । औषधि व्यवस्था विभागबाट मूल्य नियन्त्रण भइरहेको अवस्थामा छ कमसल सलाइन नभित्रियोस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो । हामी नियन्त्रित मूल्यमा गुणस्तरीय सलाइन उपलब्ध गराउन सक्षम छौं ।


सलाइन पानी नशाबाट सिधै रगतमा जाने भएकाले यसको गुणस्तर राम्रो हुनुपर्दछ । म आफैँले भोगेको हुँदा सलाई पानीलाई सुपथ मूल्यमा थप गुणस्तरीयता दिन धेरै अध्ययन गरेर लगानी गरेको छौं ।


हाम्रो समूहले दुई तीन वर्ष धेरै नै संघर्ष गर्नुपर्ने देखिन्छ । यस अभियानमा सम्बन्धित सरकारी निकायबाट सहयोग भइरहेको छ । सरकारी निकायबाट गुणस्तरमापन र मुल्य जाँच भएर परिणाम राम्रो आएपछि कमसल खालका सलाइन पानी आयात विस्थापित हुने विश्वास छ ।
फर्मास्युटिकल्स कम्पनि खोल्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
१० वर्ष अघि कम्पनिको अध्यक्षको रुपमा रहनु भएकी आमा निकै बिरामी हुनुभएको थियो । उहाँलाई अस्पताल भर्ना गर्नुपर्यो । त्यसबेला आमालाई चढाइएको स्लाइनवाटर त्यति गुणस्तरीय पाइएन । दुईतीन वटा पसलमा गएर हेरेको र प्रायः सबै एकै खालका पाएपछि नेपालमा ‘केहि गरौँ’ भन्ने लागेर काम अघि बढाइएको हो । यो अभियानमा छोरा उमङ्गको महत्वपूर्ण साथ र सहयोग भइरहेको छ ।
पहिलो प्राथमिकता भि.टि.एम.उत्पादनलाई नै किन दिनुभयो ?
हुन त भि.टि.एम. उत्पादन गर्ने कम्पनिको तालिकामा थिएन । तर एक्कासी कोभिड—१९ महामारी सुरु भयो । भि.टि.एम. अभावले पिसिआर परीक्षण रोकिएका समाचारहरु आउन थाले । यसमा केही गर्न सकिन्छ कि जस्तो लाग्यो । नयाँ काम गर्न गाह्रो हुन्छ । समय पनि लाग्न सक्छ । तर ‘कोसिस गरिहेरौँ’ भनेर अघि बढ्यौं । हामीले चीनको तुलनामा गुणस्तरीय र सस्तो मुल्यमा भि.टि.एम.उपलब्ध गराउन सफल भएका छौँ ।
भिटिएमको विश्वसनीयता प्रति कतिको विश्वस्त हुनुहुन्छ ?
एभरेष्ट प्यारेन्टेरेल्स प्रा.लि. कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने भिटिएम उत्पादन गर्न सफल स्वदेशी औषधि कम्पनि हो । नेपालमा सिडिसी गाइडलाइनमा भि.टि.एम.को उत्पादन भएकाले विभिन्न ठाउँमा गरिएका परीक्षणमा विश्वसनीय रिपोर्ट आइरहेको छ । नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा समेत राम्रो ठहर भएको छ । संसारभर नै मान्यता प्राप्त सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सन (सिडिसी) गाइडलाइनमा तयार गरिएको सिएलएसआई स्ट्यान्डर्ड एम ४० गाइडलाइनबाट परीक्षण भएको हुँदा सबै खाले परीक्षणमा उत्कृष्ट देखिएको छ ।

नेपालमा परीक्षण तथा उत्पादन भएको भिटिएमले विश्व प्रशिद्ध युके सर्टिफिकेसनबाट सिई तथा जिएमपी कम्प्लिएन्स जस्ता सर्टिफिकेट पनि हाँसिल गरेको छ । यसबाट भिटिएमको गुणस्तर उच्च रहेको प्रमाणित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्