Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोरियामा बनेको कोरोना विरुद्धको खोप नेपालमा क्लिनिकल ट्रायल गर्ने तयारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप नेपाल ल्याइएपनि क्लिनिकल ट्रायल गरीने भएको छ । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको हो ।

इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गरीने गरी तयारी थालिएको छ ।


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले खोप ट्रायल गर्न स्वीकृति दिए सो प्रस्ताव मन्त्रि परीषद्मा लगिनेछ । परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्