Logo
|
Thursday 25th April 2024
Logo

epaper

नाफा भन्दा गुणस्तर र सेवालाई प्राथमिकता दिएका छौं




काठमाडौँ त्रिपुरेश्वरस्थित साइजिभधारा मेडि कन्सर्न प्रा.लि.ले सर्जिकल सम्बन्धि सामानहरु सप्लाई (आपुर्ति) गर्दैै आएको छ । यस्तै, मेडिकन्सर्नले कन्सर्नट्रेटर, भेन्टिलेटर, सिटी स्क्यान, एक्स—रे, पेसेन्ट मनिटर लगायतका स्वास्थ्य उपकारण सप्लाइ गर्दै आएको छ । यसै विषयमा साइजिभधारा मेडि कन्सर्न प्रालिका सञ्चालक सुनिल ढुङ्गानासँग जनस्वास्थ्य सरोकारले गरेको कुराकानीको सारसंक्षेप

यहाँको कम्पनीको बारे वताइदिनुहोस् न ?
हाम्रो कम्पनि स्थापना भएको सात वर्ष पूरा भयो । शुरुका दिनहरुमा औषधि, सर्जिकल र ओटी डिस्पोजेबललगायतका स्वास्थ्य सामाग्री वितरकको रुपमा सेवा दिदैँ आइरहेका थियौँ । अहिले त्रिपुरेश्वरमा छुट्टै प्रदर्शनी कक्ष स्थापना गरेर सर्जिकल, ल्याब, रिएजेन्टस्, क्रिटिकल केयर,अन्य मेसिनरी तथा रेडियोलोजी, एक्सरे, युएजजी, सिटी, एमआरआई सम्बन्धि सामान सप्लाई गरिरहेका छौँ ।

हाम्रो गुणस्तरीय सामान आपूर्तिका साथै बिक्रीपछिको सेवा पनि राम्रो छ । पछिल्लो समयमा मेसिनरी समानहरुको आपूर्तिलाई विशेष प्राथमिकतामा राखेर काम थालनी गरेका छौँ । उपकरणमा केहि समस्या आए हाम्रा सम्बन्धित इन्जिनियरहरुले तत्काल आफ्टर सेल्स सर्भिस उपलब्ध गराउँछन् ।


हामीले बिक्रीवितरण गर्ने अधिकांश स्वास्थ्य सामाग्रीहरु वारेन्टी र ग्यारेन्टीमा उपलब्ध हुन्छन् । हामी वारेन्टी अवधिभर पनि निसङ्कोच सेवा प्रवाह गर्दछौं । अवधि कटिसकेपश्चात् उपकरणको कुनै पार्टस् बिग्रिएमा पनि परिवर्तन गराइदिन्छौँ ।
सम्बन्धित स्वास्थ्य संस्थाहरुको मागको आधारमा मुलुकभर स्वास्थ्य सामाग्रीहरु आपूर्ति गर्दै आएका छौं । साथै डेन्डरमा पनि सहभागी हुँदै आएका छौं । हाम्रा सामानहरु प्रायः अस्पताल, मेडिकल कलेज लगायत हेल्थ इन्स्टिच्युटमा मेडिकल र सर्जिकल समानहरु सप्लाई भइरहेका छन् ।
कतिपय स्वास्थ्य सामाग्रीहरु मौज्दातमा पनि राखिएको हुन्छ । यस्ता सामाग्रीहरु तत्काल उपलब्ध गराउँछौं । हामीले कहिलैपनि गुणस्तरीय सामान सप्लाई गर्नमा सम्झौता गरेका छैनौँ । स्वास्थ्य उपकरणहरु प्रत्यक्ष रुपमा मानिसको जीवनमरणसँग जोडिएको हुनाले यसप्रति सचेत छौँ । हामीहरुले आपूर्ति गर्ने अधिकांश स्वास्थ्य सामाग्रीहरु न्युनतम आइएसओ, सिई सर्टिफाइड मान्यता रहेको हुन्छ ।
स्वास्थ्य सामाग्री आपूर्तिमा समयसिमाप्रति कतिको सचेत छौं ?
मौज्दातमा रहेका स्वास्थ्य सामाग्रीहरुको हकमा काठमाडौँ उपत्यकाभित्र अर्डर गरेकै केही घण्टाभित्र उपलब्ध गराउँछौं । हामीसँग सामान मौज्दातमा नभएको खण्डमा ७ देखि १० दिन भित्रमा आइपुग्छ । उपत्यका बाहिर एकदेखि दुईदिन भित्रमा सामान डेलिभरी हुन्छ । प्राय हामीले काठमाडौँ उपत्यकालगायत पोखरा, विराटनगर लगायतका शहरमा रहेका स्वास्थ्य संस्थाहरुमा सामान आपूर्ति गर्दै आइरहेका छौँ ।
हामीले रेडियोलोजी सेवा सेवा अन्तर्गत सिटी स्क्यान, एम.आर.आई. मेसिनको सोरुम बनाउने सोचेका थियौँ । तर, सरकारले यस्ता रेडियोलोजी सम्बन्धि मेसिनहरु मौज्दातमा राख्न अनुमति नदिने भएकाले अर्डर गरेपछिमात्र ल्याउने गरेका छौं ।


सानै उमेरमा व्यवसायमा लाग्नुको राज के हो ?
मैले कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेको हो । तर साथीभाइले गरेको देखेर यो क्षेत्रप्रति आकर्षित भएको छु । साथीभाइ नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । उमेरले म अहिले २३ वर्षको भएँ । परिवारसँग रहेर काम सिक्दैछु । अब यही क्षेत्रमा करियर बनाउने सोच छ । अहिले बजारमा धेरै प्रतिस्पर्धा छ ।’ कम मूल्यमा सामान आयात गरेर अत्यधिक नाफा गर्ने प्रवृत्ति बढ्दो छ । तर हामीले सेवा र गुणस्तरलाई प्राथमिकता दिँदै व्यवसायलाई अघि बढाएका छौं ।


स्वास्थ्य सामाग्री खरीदमा सेवाग्रीहरु पनि सजग र सचेत हुन जरुरी छ । यदि तपाईं सामान खरिद गर्दै हुनुहुन्छ भने सामानबारे राम्रोसँग जानकारी लिनुहोला । आइएसओ, सिई मान्यता भए नभएको ख्याल गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्