Logo
|
Friday 29th March 2024
Logo

epaper

एबोटको एम्युनो–केमेष्ट्री इन्ट्रिगेटेड भर्सन भित्रियो




जनस्वास्थ्य सरोकार, काठमाडौं । ल्याब लाइन ट्रेडर्सले विश्वविख्यात अमेरिकन ब्रान्ड एबोट कम्पनिको एम्युनो केमेष्ट्री इन्ट्रिगेटेड भर्सन नेपाली बजारमा बिक्रीवितरण शुरु गरेको छ ।

एक व्यक्तिको जेनेरल केमेष्ट्री तथा इम्युनोलोजी परीक्षण गर्न रगतको नमुना एउटै ट्युब र एउटै मेसिनबाट परीक्षण गर्न सकिने यो मेसिन नेपाली प्रयोगशालाहरुमा भइरहेका परम्परागत मेसिनहरुको तुलनामा एड्भान्स्ड टेक्नोलोजीमा आधारित छ ।


खर्च मितव्ययी, ट्युवमा लाग्ने खर्चको वचत, न्युनतम जनशक्तिबाट पनि छिटो र भरपर्दो सेवा उपलब्ध गराउन सकिने यो मेसिन six sigma verified technology हो ।

रिपोर्टको गुणस्तरमा कुनै सम्झौता हुँदैन । प्रति १० लाख परीक्षणमा ३ वटासम्ममा त्रुटी हुने सम्भावना रहन्छ ।

विश्व बजारमा यस प्रकारका प्रविधि High throughput  मा उपलब्ध हुँदै आएकोमा एबोट डायग्नोष्टिकको Low to Medium throughput यस मेसिन जुनसुकै प्रकारको प्रयोगशालाहरुका लागि पनि उपयुक्त रहेको कम्पनिले जानकारी दिएको छ ।

यो मेसिनबाट थायराइड हर्मोन, ट्यूमर, मधुमेह, रुटिन केमेष्ट्री इन्जाइम, एलएफटी, आरएफटी लगायत सम्पूर्ण बायोकेमेष्ट्री र इम्युनोलोजी परीक्षण गर्न सकिन्छ ।

ल्याब लाइन ट्रेडर्सले यो प्रविधि जडानदेखि सेवा प्रवाह गर्ने सम्मका तालिम प्राप्त दक्ष जनशक्तिको व्यवस्था गरेर काम शुरु गरेको छ । विश्व बजारमा निकै रुचाएको यो प्रविधिले नेपाली प्रयोगशालाकर्मीहरुलाई उत्साहित तुल्याएको छ ।


हाल Architect CI 4100 को मोडेल बनेपा थित शिर मेमोरियल एड्भेन्टिष्ट हस्पिटल र काठमाडौंको बसुन्धरास्थित नेशल कार्डियाक सेन्टरमा पूर्ण रुपमा परीक्षण सेवा सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्