Logo
|
Friday 26th April 2024
Logo

epaper

‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका सात साताव्यापी राष्ट्रिय योग दिवस मनाइँदै



जनस्वास्थ्य सरोकार । ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका साथ साताव्यापी राष्ट्रिय योग दिवस मनाइदैं छ । हरेक वर्ष माघ १ गते मनाइने राष्ट्रिय योग दिवस आज (पुस २८) बाट साताव्यापी मनाउन शुरु गरिएको छ । यसैबीच आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पत्रकार सम्मेलन गरी विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।


योग दिवसका अवसरमा माघ १ गते योगबारे वृहत् छलफल, माघ २ गते स्वास्थ्य सेवा विभागका सबै महाशाखा प्रमुखहरुलाई योगाभ्यास गराउने, माघ ३ गते जनचेतनामुलक वाक एण्ड टक कार्यक्रम, माघ ४ गते पशुपति वृद्धाश्रममा स्वास्थ्य शिविर आयोजना गरिने कार्यक्रम रहेको छ । आयुर्वेद चिकित्सा विधामा नसर्ने रोग व्यवस्थापन तथा जीवनशैली सुधारका लागि आर्युवेद तथा वैकल्पिक चिकित्सा विभाग, प्रदेश र स्थानीय तहका आयुर्वेद स्वास्थ्य संस्थाहरुबाट निःशुल्क सेवाहरु प्रदान गरिँदैं आएको वैकल्पिक चिकित्सा महशाखाले जानकारी दिएको छ ।


विभागका महानिर्देशक डा.बासुदेव उपाध्यायले स्वस्थ जीवन, जेष्ठ नागरीक स्वास्थ्य प्रवद्र्धन सेवा, पंचकर्मलगायतका कार्यक्रम निशुल्क प्रदान गर्दै आएको जानकारी दिँदै भन्नुभयो—‘ योगले जीवनमा सकारात्मक प्रभाव पार्ने र स्वस्थ्य रहन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समन्वयमा सरकारले नागरिक आरोग्य कार्यक्रम र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्